"उत्पादनमुखी अर्थतन्त्र, दिगो पूर्वाधार, सक्षम जनशक्ति; सुशासन र प्रविधिले समृद्ध मिथिला बिहारीको प्रगति"

header AD
संक्षिप्त विवरण

मधेश प्रदेशको जनकपुर अञ्चलमा, धनुषा जिल्लाको १८ वटा पालिकाहरूमध्ये मध्य भागमा पर्ने ७ वटा गा.वि.स. हरूलाई समावेश गरी २०७४।०२।१९ मा गठित मिथिला बिहारी नगरपालिका, तारापट्टी धनुषा एउटा स्थानीय तह हो ।

भौगोलिक रूपमा नेपालको तराईको सुगम क्षेत्रमा अवस्थित रहेको यो नगरपालिका मानव विकास सूचकाङ्क तथा विकासको दृष्टिमा पछाडि रहेको, जनघनत्व बढी भएको, क्षेत्र हो । विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्र ओगटेको यस नगरपालिकाबाट प्रत्येक वर्ष मिथिला राज्यको ऐतिहासिक १५ दिने परिक्रमा (डोला) लगायतका घुम्ती शिविरमध्ये भगवान रामको धर्मपत्नी लक्ष्मीरूपा सीताको अर्को नाम मिथिला को पवित्र बिहार गर्ने स्थलको रूपमा परिचित “मिथिला बिहारी स्थान” भगवान रामको ससुरालीसँग सम्बन्धित थप पृथक पहिचान दिइएको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको यस ऐतिहासिक पवित्र स्थलको नामबाट नामाकरण गरिएको मिथिला बिहारी नगरपालिका २०७४।०२।१९ को राजपत्रमा प्रकाशन भई २०७४।०५।२७ को सर्वोच्च अदालतको अन्तरिम आदेशबाट गाउँपालिकाबाट नगरपालिकामा परिणत भएको हो ।

 

१.१  राजनीतिक विभाजन

प्रदेश :– मधेश

अञ्चल :– जनकपुरधाम

जिल्ला :– धनुषा

नगरपालिकाको कार्यालय :– तारापट्टी

वडा संख्या :– १०

टोल संख्या :– ११

 

१.२  जनसंख्या तथा भौगोलिक अवस्था

क्षेत्रफल :– ३७.६० वर्ग कि.मी.

कुल जनसंख्या :– ३८२७३

महिला :– १८९१६ / पुरुष :– १९३५७

 

१.३  कुल मतदाता संख्या :– २०३०३

महिला :– १००११

पुरुष :– १०२९२

 

१.४  सिमाना

पूर्व :– धनुषाधाम र हंसपुर नगरपालिका

पश्चिम :– क्षीरेश्वरनाथ न.पा. र लक्ष्मीनियाँ गा.पा.

उत्तर :– धनुषाधाम न.पा. र क्षीरेश्वरनाथ न.पा.

दक्षिण :– हंसपुर न.पा. र जनकपुरधाम उ.म.न.पा.

आधारभूत जानकारी
Madhesh
Dhanusa
नगरपालिका
37.60 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 38273
Male 19357
Female 18916
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2074-05-27
Website http://mithilabiharimun.gov.np

Coordinates: 26.784560° N, 85.990380° E